कविता (नारी हिंसा)

नारी एउटा सिंगै युग बोकेर
शताब्दीलाई टिकाइराख्ने
एक सृष्टि कर्ता कि देवी हुन् नारी,
सिंङ्गो घर उभ्याएर
सन्तान सन्तुलित बनाई
पिडाजती लुकाएर मुस्कान पस्कने
मायाकी खानी हुन् नारी ,

तुच्छ बचनका झिर भित्र उनिदै
लछारपछारको प्रेसरले घाउचोट लागेपनी
कुनै प्रवाह नगरी
धैर्य, सहनसिलताको प्रतिमुर्तिको
जग उठाइरहने महासागर भित्रको
मोति हुन नारी ,
यद्यपि र
कम्प्युटरको युगले छानो ओढाएर
ज्ञानबिज्ञान ,प्रबिधि र कलाले
विश्व सिंगारेर
मानव निर्मित रोबर्ट ले
चमत्कार को बिगुल फुकिसक्ता पनि
यता
आधा धर्ती ओगटेका नारी माथिको
हिंसाको पहाड चुलिएर
कालो बादलको घुम्टोले छोपिरहेको छ ,
यहाँ सयौं नमिता र कयौं निर्मलाहरु
क्रूर यौन पिपाषुहरुको बलात्कारको
सिकार बनिरहेक छन् ,
अनगिन्ती आमाहरुले बोक्सीको आरोपमा
गाली ब्यैजत र कुटपिट सहनु परिरहेको छ
खै १ कसरी भनौ
नारी हिंसा को अन्त्य भयो भनेर ???
एउटा निर्धनकि छोरिले
दाइजो नल्याएको कारण
महाअग्निमा जिउदै जलिरहनु परेको छ भने
कतिलेत आत्मा हत्या गर्न बाध्य भएका छन्
भन ए महासय १११
तिम्रो संविधानको कुन चै धारा र दफामा
छोपिएको छ महिला मुक्तिका आवजहरु
कहिले पाउछिन उन्ले
कुनण्ठाका चाङहरु हटाएर न्याय ??
कहिले सम्म बस्ने उन्ले मानवताको
नैसर्गिक अधिकार अरुलाई बेचेर ???
अफसोच ?
तिम्रो नारा धेरै ठूलो आवजमा घन्कायौ र
तिम्रो खोक्रो लुलिएको भाषणमा
धेरै बखान सुनाएयौ
नारी समानता र नारी समताका कुरा बोकेर १
अब उठेर भन ।।।।।।।।।।।???
खै कहाँ भएको छ देखाउ एक एक गरेर
नारी समानता र नारी समताको ब्यवहार रुअनि
खै कहाँ रोकिएको छ महिला हिंसाका केशहरुरुरु
खोजेर पेश गर तिम्रो दस्तावेजमा ?
बस यत्ती भन्छु
कानुनको अड्डाको ढडामा
तिम्रो कलमले लेख्छ भने ,
सच्याइदेउ पुरुष सरह मन वचन कर्मले
कुनै चोट नपुर्‍याइ सुरक्षित बाच्न पाउने
अधिकारको प्रत्याभूति गरि
जबकी
अरु निर्मला र भागरथिहरु
बलात्कृत बनी मर्नु नपरोस्
कयौं आमाहरु बोक्सीको आरोपमा
मृत्यु को लागि भिर पहरा खोज्नु नपरोस्
दाइजो नल्याएकी बुहारिले
घरबार बिहिन बनी जिउदै जल्नु नपरोस्
बिहान गोठालो गएकी बहिनी
बेलुका घर फर्कन सकुन
बिद्यालय गएकी दिदी
बिच बाटोमै एसिड्का छिटाले
अंगभंग नबनुन
अपराधिको फन्दामा परि
बेचिएर बिलाप्ताको पर्खाल भित्र
दुत्कार्नु नपरोस्

पश्चिम्कि देउकी र पुर्बकी झुमाले
बिहानी हेर्न हरेक रात अनिदो बस्नु नपरोस्
यदि देशमा कानु छ भने अनि देख्छर सुन्छ भने
माथीका नारी हिंसाका कुरा हरुलाइ
सम्बोधन गरियोस्
जब सम्म महिला हिंसा विरुद्ध
तल देखि माथिल्लो निकाय सम्म
सुनुवाइ र सम्बोधन नभई
एउटा सन्तान जन्माउने यंत्रका रुपमा
हेरि
पसलमा राखिएको ड्रमी र बिज्ञापनको
साधनका रुपमा रुपान्तरण गरिन्छ भने ,
आगाको लप्काहरु परास्त गर्दै
खुकुरीको धारमाथी टेकेर
अन्याय को विरुद्ध न्यायको खातिर
उठाइरहने छन् हजारौं योगमायाहरु ले
बिद्रोहको कालो झन्डा ।

प्रतिमा पोख्रेल  (नयाँ सृष्टि )
अरुण गाउँपालिका ५
भोजपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार