नेपालका घुम्नलायक एक सय पर्यटकीय क्षेत्रमध्येको एक मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न ट्रेल रेस

भोजपुर । नेपालका घुम्नलायक एक सय पर्यटकीय क्षेत्रमध्येको एक भोजपुरको मुन्धुम पदमार्गको प्रवद्र्धन गने उद्देश्यले मुन्धुम ट्रेल दौड आयोजना गरिएको छ ।

यो प्रतियोगिताले पदमार्गको प्रवद्र्धनसँगै अन्तर्राष्ट्रियस्तरमा समेत साहसिक खेलको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ । किरात सभ्यताका आधारमा नामकरण गरिएको मुन्दुम पदमार्ग पर्यटकीय गन्तव्य मध्ये एक हो । मुन्दुमको अर्थ कीरातीहरुले भोगेको जिवन दर्शन भन्ने बुझिन्छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरमा ५५ किलोमिटर दूरीको मुन्धुम ट्रेल दौड गरिएको रिमाचुङ एजुकेशन स्पोर्टस् एकेडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले बताए ।  भोजपुर मुन्धुम पदमार्गको प्रवद्र्धन गर्न टेम्केमैयुङ गाउँपालिकाले बजेट विनियोजन गरेसँगै पदमार्गको प्रवद्र्धनमा विषेश जोड दिएको छ ।

दौड प्रतियोगिताको माध्यमबाट यो पदमार्गबारे आन्तरिक तथा वाह्य पर्यटकसम्म जानकारी पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । मुन्दुम ट्रेल भोजपुरको बाघखोरबाट सुरु भई चप्लेटी, ओख्लीढुङ्गा, एकराते, मैयुङ, नागीखर्क, जलजले, धोद्रे, चखेवा, टेम्केडाँडा हुदै खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङमा समापन भएको छ ।

समुद्र सतहबाट २६ सय २२ मिटर उचाइको बाघखोरबाट सुरु भएको रेस ३१ सय मिटर उचाईको टेम्केडाँडा हँुदै २२ सय मिटर उचाइको तावा भञ्ज्याङमा समापन भएको हो । रेसमा पूर्व इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटसम्मका १३ जिल्लाका १६ वर्ष देखि ७५ वर्षसम्मका धावकहरु सहभागी भएका छन् ।

ट्रेल रेसमा १६ वर्षदेखि ४० वर्षसम्मको समुहका पुरुष तर्फ अर्जुन कुलुङ राई दोस्रो उमेश राई र तेस्रो अशोक वाम भएका छन भने महिला तर्फ प्रथम नितु तामाङ, दोस्रो जुलीन राई र तेस्रो सुनकला लिम्बु भएकी छिन् । र ४० वर्ष माथिको समुहमा प्रथम दुर्गधन राई र दोस्रो टेक बहादुर थापा भएका छन् ।

रेसमा क्रमश प्रथम दोस्रो र तेस्रो हुनेलाई ३५ हजार, २५ हजार, १५ हजार र सान्त्वनालाई ५÷५ हजार नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएकोे आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार