भोजपुर नगरपालिकालाई बाल श्रममुक्त घोषण गर्न १२ वटै वडामा डाटा संकलन

भोजपुर । भोजपुरमा बालबालिकालाई श्रममा नलगाउन र नगरपालिकालाई बाल श्रममुक्त घोषण गर्न भोजपुर नगरपालिका सक्रिय भएको छ । अन्तराष्ट्रिय श्रम संगठन र भोजपुर नगरपालिकाको साझेदारीमा नगरपालिकालाई बाल श्रममुक्त घोषणा गर्न १२ वटै वडामा बाबालिकाको संख्या, शैक्षिक अवस्था, पारिवारिक अवस्था र बाल श्रमको अवस्थाको डाटा समेत संकलन गरिसकेको भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले बताए ।

नगरपालिकाले १२ वटा वडामै ५ वर्ष देखि १७ वर्ष सम्म्का बाालिकाको त्थ्याङ्क संकलन गरिएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अन्तराष्ट्रिय श्रम संगठन र वल्र्डभ्यू नेपाको संयुक्त आयोजनामा भएको बालश्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले सम्बन्ध विच्छेद र गरिविको कारण बाल श्रम हुने गरेको बताएका छन् ।

कानुनमा व्यवस्था भए अनुसार १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रम लगाउन नपाइने र १८ वर्ष मुनिकालाई जोखिमयुक्त श्रममा लगाउन नपाइने ब्यवस्था गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बालश्रम न्यूनीकरण गर्न घरायसी समस्या,आर्थिक अभाव, पारिवारिक सम्बन्ध र नागरिक सचेतनाका कारण बाल श्रम न्यूनीकरण हुन नसकेको बताएका छन् । बालश्रम सम्बन्धी नीति व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउदै बालश्रम रहर नभई बाध्यता भएको र यसलाइ न्यूनीकरण गर्न तत छेत्रबाट लाग्न आलेले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार