बाँदर नियन्त्रण गर्न माओवादीले बुझायो स्थानीय तह र जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र

काठमाडौं । बाँदर नियन्त्रण गर्न नेकपा माओवादीले केन्द्र भोजपुरले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । केन्दले भोजपुर जिल्लाको ८१ वडाका वडा अध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दवाव स्वरुप बादर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाउएका हुन् ।

बाँदरको उपद्रोका कारण पौवादुङ्मा गाउँपालिकाको बास्तिम र रामप्रसादराई गाउँपालिकाको दलगाउँलगायतका जिल्लाका केही टोल नै बसाइँ हिँड्नुपरेको छ । केही स्थानीय तहले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्याउँदै आएका छन् । तर, बाँदर बाली खानेमात्र नभई बाँदरले घरमासमेत आएर पाकेको भातको भाँडो बोक्ने, थाङ्ग्रा र बुइँगलमा थन्क्याइएको अन्नपात र सामानमा पनि क्षति पुगेपछि सरकार गुहारिएको माओवादी भोजपुरका नेता राजेश खतिवडाले बताए ।

जिल्ला समन्वय समितिका सचिव बलभद्र राई सहित प्रशासन पुगेका माओवादीका जिल्ला नेताले सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरू बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्नसमेत बाध्य हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।

‘आम कृषकले दुःख र मेहनत गरी लगाएको र फलाएको बाली विभिन्न वन्यजन्तुको नोक्सानी र क्षतिबाट लामो समयदेखि मुख्यगरी ग्रामीण भेगका भोजपुरे किसानहरूले हैरानी खेप्दै आएका छन् ।

जुनसुकै बाली उठाउन, घरमा थन्क्याउन त परको कुरा बढ्न, फल्न र पाक्न समेत नपाउँदै मुख्यगरी बाँदरले नष्ट गरिदिने, खाइदिने यतिमात्र नभई घर दलानमा लगाएको मकैको थाक्राबाट झिकेर खाइदिने, घरभित्र पकाएर राखिएको भातको भाडा बोकेर लगिदिने, घरपालुवा चौपायामाथि करणी गर्ने, वृद्ध अशक्त एवम् बालबालिकालाई भौतिक आक्रमण समेत गर्ने जस्ता घटनाले सम्पूर्ण किसानहरू आतंकित बन्नु परेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उक्त भोजपुरे जनताको सास्ती र बाँदरले दिएको दुख माओवादीले ज्ञापनपत्रमार्फत स्थानीय तह, प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार