प्रधानमन्त्री दाहालले दोस्रोपटक पाए विश्वासको मत : पक्षमा १७२, विपक्षमा ८९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा दाहालले १७२ मत प्राप्त गरे

दाहाललाई प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपालगायत दलले विश्वासको मत दिए । नेकपा एमाले राप्रपालगायतले विश्वासको मत दिएनन् ।

मतदानमा जम्मा २६२ सांसद उपस्थित थिए ।विश्वासको मतको विपक्षमा ८९ सांसद उभिए भने एक सांसद तठस्थ रहे । संसद्‌मा मत विभाजन हुनुअघि सबै दलका नेताहरुले मन्तव्य दिएका थिए । यसअघि प्रधानमन्त्रीका रुपमा दाहालले गत पुस २६ गते संसद्‌बाट विश्वासको मत पाएका थिए ।

दाहालले बहुमत ल्याउनका लागि १३८ मत ल्याउनु पर्ने आवश्यकता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार