द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन

भोजपुर । द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नंं. ५ खावामा जन्मिएका राई टप आठमा पर्न सफल भएका छन् ।

राईलाई जिताउन जिवन किरातीको संयोजकत्वमा ६ सदसीय समित गठन गरिएको हो । समितिको सदस्यमा अर्जुन बस्नेत, शंकरदेव राई, विवेक राई, प्रमित सिप्तुङ, र सुवाशविभास रहेका छन् ।

यस्तै उक्त अभियानका लागि टेम्कैमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमा राई र नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईको तीन सदसीय सल्लाहाकार समिति समेत गठन गरिएको छ ।

भोजपुरलाई कला साहित्यको माध्यमबाट चिनाई रहेका टेम्कैमैयुङ ५ खावाका मिल्सन राईलाई द पोइट आर्यडल बनाउन भोट गर्न सवैलाई आग्रह गरेका छन् ।

यता द पोइट आर्यडलका प्रतिस्पर्धी मिल्सन राई जिताउ अभियान समितिका संयोजक जीवन किरातीले शुवेच्छुकहरुसंग सहयोग मागी भोटको माध्यमबाट मिल्सनलाई द पोइट आर्यडल बनाउन जिताउ समिति लागि पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार