उदयपुरलाई चार गोल गर्दै क्यामरुन सेमीफाइनलमा प्रवेश, भोलीबाट सेमिफाईनलको खेल सुरु हुने

भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम आज खेलमा बशाहा युथ क्लब उदयपुलाई चार गोल गर्दै एभिनीयर एफसी क्यामरुण विजयी भएको छ ।

क्यामरुणका जसी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै जर्सी नं. १० का तीम्बाले ६८ औँ मिनेटमा, जर्सी नं. १५ एन सन्गौँले ७३ औँ मिनेटमा र जर्सी नं. ४ का बोयोमोले ८० मिनेटमा गोल गर्दै क्यामरुण सेमीफाईनलमा प्रवेश गरेको छ । यस्तै वसाहा युथ क्लबका खेलाडीले प्रतिश्पर्धात्मक खेलमा पोल एटेम निकै गरे पनि गोल भने गर्न सकेनन् ।

आज भएको खेलमा क्याम्रुणका नग्वीनी म्यान अफ द म्याच घोशित भएका छन् । भोलीबाट सेमी फाईनलको खेल हुने जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले बताए । चैत्र १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार