गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै क्यामरुन फाईनलमा प्रबेस, फाईनलमा भोजपुर र क्यामरुन भिड्दै

भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै एभिनियर फुटबल क्लबल क्यामरुन फाईनलमा प्रवेश गरेको छ ।

आज भएको सेमीफाईनल खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई शुन्यको विरुद्ध ३ गोल गर्दै क्यामरुन फाईनलमा प्रवेश गरेको हो । सम्पन्न भएको सेमीफाईनल प्रतिस्प्रधात्मक खेलको पहिलो हाफमा एभिनियर फुटबल क्लब अफ्रिका क्यामरुनको खेलाडी मेसीेले सुरुवाती गोल गरे ।

यसैगरी पहिलो हाफमै तिम्बाले थप गोल गरेका थिए । दोस्रो हाफमा पनी क्यामरुनका बोयोमोले एक गोल गर्दे ० को बिरुद्धमा ३ गोलको अन्तरले जित हासिल गरेको हो ।

आज भएको खेलमा एभिनियर फुटबल क्लब अफ्रिका क्यामरुनका खेलाडी तिम्बा म्यान अफ द म्याच घोशित भएका छन् । म्यान अफ द म्याचको पुरस्कार नेपाल तरुणदल भोजपुरका कार्यबहाक सभापति ज्योती पौडेलले प्रदान गरेका छन् । भोजी हुने फाईनल खेलमा जिल्ला फुटवल संघ भोजपुर र एभिनियर फुटबल क्लबल क्यामरुन विच खेल हुने छ । प्रतियोगिताको विजेताले उपाधी सहित नगद रु ५ लाख र उपविजेताले ३ लाख पाउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार