अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि क्यामरुनको पोल्टोमा

भोजपुर । भोजपुरको स्थानीय टुडिखेलमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुनले हात पारेको छ ।

आज भएको फाईनल खेल जील्ला फुटबल संघ भोजपुर र एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुन बिच सम्पन्न भएको हो । फाईनल खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई सुन्यको विरुद्ध २ गोल गर्दे क्यामरुनले उपाधी जीत हासील गरे ।

सम्पन्न प्रतिस्प्रधात्मक फाईनल खेलको दोस्रो हाफमा क्यामरुनका खेलाडी नगुनी र तिम्बा तिम्बाले एक एक गोल गर्दे जित हासिल गरेको हो । फाईनल खेलमा ब्यातिगत बिधा तर्फ उदयमान खेलाडी बिनुप राई उत्कृष्ट गोल रक्षक एलियन उत्कृस्ट रक्षक एन साङगोउ, उत्कृस्ट मिड फिल्डर नगुनी उत्कृस्ट प्रशिक्षक सागर लामा र सर्बाधीक गोलकर्ता सन्तोस तामाङ र तिम्बा तिम्बा घोसित भएका छन् यसैगरी खेल भरीका सर्बोकृष्ट खेलाडी बिजय भुजेल घोसीत भए ।

प्रतियोगिताको विजेताले उपाधी सहित ट्रफी, मेडल प्रमाण पत्र सहित नगद रु ५ लाख र उपविजेताले मेडल प्रमाण पत्र सहित ३ लाख प्राप्त गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार