भोजपुरमा कोशी नाम खारेज गरी किराँत प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै जन प्रदर्शन

भोजपुर । कोशी प्रदेश नामकरणको विरोधमा आइतबार भोजपुरमा जन प्रदर्शन गरिएको छ ।

कोशी नाम खारेज गरी किरात प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै भोजपुर सदरमुकाममा पहिचान पक्षधरहरुले जन प्रदर्शन गरेका हुन् ।

किरात गनराज्य मोर्चा, आदिवासी जनजाती महासंघ, किरात राई यायोखा, किरात चाम्लिङ खाम्बातिम, किरात राई लेखक संघ लगायत पहिचान पक्षधरहरुले शान्तिीपुर्ण ¥याली सहित प्रदर्शन गरेका हुन् ।

भोजपुरको जिरो पईन्टबाट सुरु गरिएको जन प्रदर्शन चारभञ्ज्याङमा पुगी कोण सभामा परिनत भएको थियो ।  किरात प्रदेशको माग गर्दै जिल्ला प्रशासन मार्फत संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाईएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार