न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल भोजपुर बन्यो कोशी प्रदेशकै प्रथम अस्पताल

भोजपुर । न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा जिल्ला अस्पताल भोजपुर प्रथम बनेको छ । कोशी प्रदेश भरीका अस्पतालहरुमा गरिएको न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा ८५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको हो ।

भोजपुरमा जेष्ठ ३ र ४ गते कोशी प्रदेशबाट मुल्याङकनमा खटिएका स्रोत व्याक्ति डा. प्रनम जैरु, श्रीजत दाहाल, छितिज खतिवडा लगाएतको मुल्याङकन टोलीले मुल्याङकन गर्दा भोजपुर अस्पताले ८५ अङ्क प्राप्त गरी अस्पताल प्रथम भएको जिल्ला अस्पताल भोजपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. शिवजी रिजालले बताए ।

जिल्ला अस्पताल प्रथम हुनुमा अस्पतालका कर्मचारी, व्यावस्थापन समिति र शुभचिन्तक सवैमा आभार समेत डा. रिजालले व्याक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार