विद्योदय माविको वेवसाईड शुभारम्भसंगै वेधनिधि, धनकुमारी अक्षय कोष वितरण सप्पन्न

भोजपुर । विद्योदय माध्यमिक विद्यालय भोजपुरलमा वेधनिधि, धनकुमारी छात्रवृत्ति समर्पण समारोह एवम् अक्षय विद्यालयको वेवसाईड शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार विद्योदय माध्यमिक विद्यालय भोजपुरमा भएको उक्त कार्यक्रममा पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाले प्रोजेक्टर मार्फत वैवसाईड सार्वजनिक गर्दै शुभारम्भ गरेका हुन् । यस्तै २०७१ सालमा स्थापना भएको वेधनिधि, धनकुमारी अक्षय कोष समेत वितरण गरिएको छ ।

उक्त अक्षय कोषबाट कक्षा ८ मा सर्वोकृष्ट अंक ल्याउने छात्रा अमितासिँह प्रधान, छात्र अमन ओझा र कक्षा ११ मा विज्ञान विषयमा सर्वोकृष्ट अंक ल्याउने दिनेश खतिवडा र निरुशा प्रधानले जनही १२ हजार २ सय ५० रुपैँयाका दररले पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाका ममतामयी माता धनकुमारी कोईरालाले प्माणपत्र सहित प्रदान गरेकी छिन् ।

उक्त कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अर्थ मन्त्री शंकरप्रसाद कोइराला प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, वडा नं. ८ का वडा अध्यक्ष नविन प्रधान, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार