सिवाईसि लघुबित चौकीडाडा द्वारा काजकिरिया रकम हस्तान्तरण

सरिता राई

भोजपुर । साल्पासिलिछो गाउपालिका वडा नम्बर ५ निबासी बाबुराम रामलाई सिवाइसी लघुबित चौकीडाडा भोजपुरले काजकिरिया रकम हस्तान्तरण गरेको छ ।

गत जेष्ठ २३ गते मृत्यु भएका जसमाया राईको काजकिरिया स्वरुप सस्थाले आज घरैमा पुगि समवेदना सहित नगद 10 हजार रुपैयाँ हस्तान्तरण गरेको शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ।

मृतक राई सस्थाको २३ नम्बर केन्द्रको सदस्य रहेका थिए । यो रकमले मृतक राईको परिवारलाई केही हदसम्म राहत मिलेको सोही वडाका वडाअध्यक्ष शिव कुमार राईले बताउनु भयो ।

सस्थाले सामाजिक उतरदायित्व अन्तर्गत यस्ता काम गरिरहेको र सदस्य मृतकको इन्स्योरेन्स समेत गरिएकाले ऋण रकम समेत मिनहा हुने सहायक कर्मचारी नवीन राईले जानकारी दिनुभयो ! गत ४ महिना देखि सस्थाले साल्पासिलिछो गाउँपालिकामा शाखा बिस्तार गरि काम गरिरहेको बताइको छ !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार