वाढि तथा पहिरो जान सक्ने क्षेत्रहरुमा उच्च सर्तक अपनाउन जिल्ला प्रशासन कार्यालय भोजपुरको आग्रह

भोजपुर । अविरल वर्षदको समयमा सर्तक रहन जिल्ला प्रशासन कार्यालय भोजपुरले आग्रह गरेको छ । वर्ष याम प्रारम्भ भएसंगै अविरल वर्षाका कारण वाढि तथा पहिरोबाट जिल्लाका केहि स्थानहरुमा विपदका घटनाहरु घट्न सक्ने सम्भावना भएकाले जोखिम युक्त क्षेत्रका वासिन्दाहरुले विषेश चनाखे भई सतर्कता अपनाउन सूचना प्रकाश गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले आग्रह गरेका छन् ।

सथै कुनै स्थानमा कुनै प्रकारको घटना घटे अथवा तत्काल घटना घट्न सक्ने अवस्था देखिएमा नजिकका प्रहरी युनीट, स्थानीय तह र सुरक्षा निकायहरुलाई खबर गर्न समेत आग्रह गरेका छन् । आपतकालीन घटना घटे र घट्न लागेको थाहा पाए जिल्ला आपतकालिन संचालन केन्द्रको ०२९४२०४२० मा खवर गरिदिनु हुन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार