प्रदेश सरकारले भोजपुरमा ठेक्का लागिद सकेको सडकको स्रोत सहमति खारेज गरेपछि भोजपुरमा सर्वपक्षिय विरोध

भोजपुर । भोजपुरमा चालू आर्थिक वर्षमा २०७९÷८० कोशी प्रदेश सरकारले स्रोत सुनिश्चित गरी बहुबर्षिय तथा बर्षिय सडकका लागि छुट्याएको बजेट प्रदेश सरकारले खारेज गरेपछि भोजपुर जिल्लामा क्रियाशिल राजनीतिक दल सहित सवै पक्षले त्यसको बिरोध गर्ने निर्णय गरेका छन् ।

तत्कालिन मुख्यमन्त्री राजेन्द्र कुमार राईले बहुबर्षिय योजना अन्तर्गन रेड वुकमा समावेस भएको भोजपुर दिङला सडक कालो पत्रे अन्तरगत भोजपुर नितले खण्ड अन्तरगत ९९ करोड ७५ लाख र तिनतले दिङला खण्ड ९१ करोडको योजनाको स्रोत सहमति खारेज गर्ने कोशी प्रदेश सरकारको निर्णयले बिकास निर्माण कार्य प्रभावित बनाएको निस्कर्ष सहित भोजपुरमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले प्रदेश सरकारको ध्यानकर्षण गराउने निर्णय गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गएिको छ ।

यस्तै एकल बर्षिय योजना अन्तर्गत हिलेभञ्ज्याङ बोया सडक र बन्चरे सडकका लागि पाच ँपाच करोड बजेट ब्यवस्थापन भएको थियो । सडकको बजेट टुंगो लागेर टेण्डर समेत भई सकेका योजनाहरुको बजेट काटेर मुख्यमन्त्री हिक्मत कार्कीको सरकारले जिल्लावासीको बिकासको चाहनामा तुसरापात गरेको भन्दै भोजपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, स्थानीय पालिका प्रमुखसहित कानुनी प्रक्रियासहित प्रदेश सरकारको ध्याकर्षण गराउने निर्णय समेत गरेको छ ।

अघिल्लो सरकारले झन्डै दुई अर्व बजेटको स्रोत सुनिश्चित गरी दिङलाबाट भोजपुर जोडने सडकका लागि जिल्ला पुर्वधार बिकास कार्यालय भोजपुर मार्फत ठेक्का आह्वान गरी ठेक्का लागि सकेको अवस्थामा प्रदेश सरकारले सो कार्य स्थगितगर्न २०८० बैशाख १८ गते अर्को निर्णय नभएसम्मको लागि भन्दै स्थगित गरेको थियो ।

तर २०८० जेठ ३१ को आर्थिक मन्त्री तथा योजना मन्त्री स्तरीय निर्णयले उक्त योजनाहरुको स्रोत सहमति खारेज गर्ने निर्णय भएपछि अहिले त्यसको बिरोध भई रहेको छ । सडक बन्न नसक्दा भोजपुरबाट जिल्लाको उत्तरी क्षेत्र जाने र आउने यात्रुहरु बर्षातको समयमा संखुवासभाको तुम्लिङटार घुमेर आउजाउ गर्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार