राम्रो आम्दानी हुने भएपछि धान फल्ने खेत मासेर सुन्तला खेती तर्फ होमीदै भोजपुरका किसान

भोजपुर । भोजपुर सुन्तला उत्पादनका लागि उर्वल जिल्ला मानिन्छ । भोजपुरको टेम्केमैयुङ गाउपालिका, षडानन्द नगरपलिका, भोजपुर नगरपालिकाका क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ । यहाका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन् । भोजपुर नगरपालिका वडा नंं ३ का हरि प्रसाद प्रधान यतिखेर सुन्तला मलजगल, काटछाड, गोडमेल र थप विरुवा लगाउन मै व्यास्त छन् । उनले दिनभरी सुन्तलाको चाकरमा बगानमै समय विताउने गर्छन् । उनले सुन्तलाबाट राम्रो आम्दानी पाउने आशमा सुन्तलाको सिहार सुसारमा समय विताई रहेका छन् । उनले हाल सम्म ४० रोपनी जग्गामा सुन्तला लगाएका छन् । विगत धेरै वर्ष अगाडीबाट सुन्तला खेती गर्दै आएका प्रधानले यसपालि सुन्तलाबाट राम्रो आम्दानी लिने सोचमा छन् ।

प्रधानले कुनै ज्ञान सिप विना सुन्तला खेती गरिरहेका थिए । तर गत वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले वगैचा व्यावस्थापन, मल्चिङ, विषाधी प्रयोग गर्ने तरिका र कुन समयमा के गर्ने भनी प्राविधिक सिप सिकाएपछि उनी सुन्तला खेती तर्फ झन आकर्सित भएका छन् । उनले विगतका वर्षहरुमा भन्दा मल्चिङ सिंचाई र विषाधीको उचित प्रयोग गर्न थालेपछि सुन्तालाले धेरै उत्पादन दिन थालेको उनको भनाई छ । अहिले प्रधानको वगैचामा बोटभरि लटरम्म सुन्तलाका दाना छन्, गत वर्ष भन्दा धेरै उत्पादन हुने उनको अनुमान छ । प्रधानले २० रोपनी जग्गामा सुन्तला लगाएका थिए । अहिले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको ५० प्रतिशत लागत साझेदारीमा थप २० रोपनी गग्गामा सुन्तला खेती विस्तार गरेका छन् । धान रोपीरहेको खेतमा उनले धान भन्दा सुन्तलाको आम्दानीले जित्ने भन्दै धान रोप्न छाडेर सुन्तला रोपेको बताए ।
भोजपुर र संखुवाभामा गरी दुई स्थानमा सुन्तला जोन कार्यक्रम संचालन भएको र भोजपुर र संखुवासभामा भएका पुराना सुन्तला वगैचाहरुको व्यावस्थापन तथा नया विरुवा रोपन, सिंचाई पुर्वधार निर्माण, उन्नत जातको सुन्तलाका विरुवाहरु अनुदानमा वितरण र सुन्तला किसानहरुलाई सिप सिकाईने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यन्वयन ईकाइ भोजपुरका कार्यालय प्रमुख नवराज गुरुङले बताए । उनका अनुसार भोजपुर नगरपालिका वडा नंं. ३ मा २० रोपनी जग्गामा सिकाई केन्द्र स्थापना कार्यक्रम अन्तर्गत ४ सय ५० विरुवा रोपेको प्रमुख गुरुङको भनाई छ ।

विषेश गरेर सुन्तलाको विरुवामा केहि रोग लाग्न नदिन सिकाई केन्द्रमा रोपेका प्रत्येक विरुवामा नेट जाली लगाईएको उनको भनाई छ । विरुवाको सुरक्षा कवजको रुपमा लगाईएको उक्त नेट जाली २ वर्ष सम्म लगाईने बताईएको छ ।

विरुवा रोप्दा देखि नै मल्चिङ गरेर विरुवामा गाईबस्तुको मल संगै पिना, हड्डीको धुलो संगै सुश्म खाद्य तत्वहरु मिलाएर एकिकृत रुपमा विरुवालाई दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यन्वयन ईकाइ भोजपुरका प्राविधिक जुनीता वलीङ राईले बताइन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना  अन्तरगत भोजपुर नगरपालिका वडा नं. ३ र ४ टेम्केमैयुङ गाउपालिका ३ र ७ वडामा सुन्तला जोन कार्यक्रम संचालन भईरहेको राईले बताईन ।

सुन्तलाको बजारीकरणमा पनि समस्या नरहेको र सुन्तला नपाक्दै व्यापारी बगैचामा आइपुग्ने गरेको किसान बताउछन् । सुन्तला भोजपुरमा ५५ रुपिया देखि ७० रुपैयासम्म व्यापारीले खरिद गर्ने गरेका छन् भोजपुरमा ९ सय हेक्टमामा सुन्तला लगाईए पनि ६ सय ८० हेक्टरमा उत्पादन हुन थनलेको छ भने उक्त क्षेत्रफलमा फलेको सुन्तला वर्षिक ३२ करोड बराबरको सुन्तला निर्यात हुने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार