गृहजिल्ला आईपुगेका मन्त्री किराती लागे सरसफाईमा

भोजपुर । आफ्नो गृह जिल्ला भोजपुर आईपुगेका पर्यटन तथा नागारिक उड्यान मन्त्री सुदन किराती वजार सरसफाईमा जुटेका छन् । आन्तरिक तथा बाह्य पर्यटक भित्राउन बजार र पर्यटकीय स्थलहरु सफा हुनुपर्ने बताउदै मन्त्री किराती जिल्ला अस्पताल र बजार सरसफाईमा जुटेका छन् ।

भोजपुरलाई पर्यटकीय क्षेत्र बनाउन वजार र पर्यटकीय स्थलहरुलाई सफा राख्न सवैलाई आग्रह गरेका छन् । मन्त्री किरातीले हरेक शनीबार सरफाई गर्ने कार्यक्रम अनुसार आज डाडागाउ टोल सुधार समितिको आयोजनामा गरेको सरसफाई तथा वृक्षरोपन कार्यक्रममा भोजपुरको जिल्ला अस्पताल र बजार क्षेत्रमा सरसफाई गरेका छन् ।

वृक्षरोप गर्दै मन्त्री किरातीले भोजपुरलाई सफा र सुुन्दर राख्न आफ्नो अगाडी फोहोर हैन फुल रोपौ भन्दै स्थानीय वासीलाई सचेत समेत गराएका थिए । सरसफाई अभियानमा टोल सुधार समिति, हेभेन्लिपाथ स्थानीय संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

विहिवार साझ गृह जिल्ला प्रवेश गरेका मन्त्री किरातीले शुक्रबार किशानहरुसंग छिनामखुमा धान रोपेर कृषहरुसंग धान दिवस मनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार