कोशीमा कांग्रेसको नेतृत्वमा सरकार, मुख्यमन्त्री बन्दै उद्धव थापा

भोजपुर । कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन दलबीच सहमति भएको छ । सोमबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

यससंगै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । थापा कोशी प्रदेशका पाँचौँ मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्न लागेका थापालाई उनको दल कांग्रेसका अलवा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले समर्थन दिनेछन् ।

कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी १ गरी थापासँग ४७ सांसद छन् । यो भनेको ९३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न मिल्ने बहुमत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार