प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान ८ बजेर ३३ मिनेटमा बजे दाहालको निधन भएको हो । दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो ।विभिन्न रोगका कारण लामो समयदेखि ओछ्यानमा थलिएकी दाहालको स्वास्थ्य अवस्था गम्भीर भएपछि आज (बुधबार) बिहान अस्पताल लगिएको थियो ।

प्रोगेसिभ सुप्रान्यूक्लियर पाल्सी, पार्किन्सन, डाबिटिज, हाइपरटेन्सलगायतको रोगका कारण उनको निधन भएको नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दाहालको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिडाँडा, कोटेश्वरमा राखिने भएको छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सचिवालयले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार