भोजपुर । भोजपुरबाट निरन्तर रुपमा प्रशारण भैरहेको वेव सिरिज ठुलीमा अभिनय गर्ने कलाकारहरु सम्मानीत भएका छन् । कलाकारहरुलाई हाल सम्म गरेको दुख सिरीयल लाई दिएको समय त्याग सगै कलाकार हरुमा थप उर्जा प्रदान होस भन्ने उदेस्यले सिरीयलको ३५ भाग पार गरेको उपलक्ष्यमा सम्मान गरेको सिरीयलका निर्देसक समीर राईले बताए ।
आर्जु मिडिया प्रा. लि.को व्यानरमा ठुली सिरियल ग्रामिण समुदायको सामाजीक घटनामा आधारीत कथा बस्तुलाई जस्ताको तस्तै दर्सक श्रोता सामु सिरीयलको माध्यम बाट प्रस्तुत गरीरहेको वेव सिरिज ठुलीले समाजमा हुने गरेका यतार्थ घटना चित्रण गर्दे समाजमा बिधमान रहेका बीकृती बिसंगतीहरुको चिरफार गर्ने कार्यमा जोड दिएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले सिमीत स्रोत साधन र सिमीत लगानीबाट भोजपुरको माटोलाई देस ब्यापी रुपमा परिचीत गराउन र समाज परिबर्तनको संबाहक बनेको बताएका छन् । आलेले सिरीयलको माध्यमबाट समाजीक रुपान्तरणमा थप बलियो खम्बाको रुपमा काम गर्ने भन्दै यस सिरीयलको निरन्तरताको लागी नगरपालीकाको तर्फबाट सहयोग गर्न पछाडी नहट्ने प्रबिद्धता जनाए ।
यसैगरी कार्यक्रममा सुभकामना राख्दै टेम्केमैयुङ गाउपालिकाका अध्यक्ष सरोज बस्नेतले भोजपुर प्राकृतीक हिसावले पर्यटकीय क्षेत्रहरु धेरै रहेकोले त्येस्ता क्षेत्रहरुमा सुट गरी पर्यटन पर्बद्धनमा थप टेवा पुर्याउन सिरीयल लाग्नु पर्ने बताएका छन् । बस्नेतले समाजको बिकृतीमा रहेका लागु औसत न्युनीकरण सम्बन्धी पनी कथाबस्तु समेटी प्रभावकारी रुपमा सिरीयलले भुमीका खेल्न सुझाब दिएका छन् । यसरी लागी परे सिरीयल निरन्तर अघाडी बढ्न सक्ने र आफु पनी यस बिसयमा सकारात्मक रही सहयोगको निम्ती कदम चाल्न स्पस्ट रहेको उनको भनाई छ ।
यता सिमीत स्रोत र साधन प्रयोग गरेर्रै मोफोसल बाट एउटा फरक कार्य गरेर समाज परिबर्तनको भुमीकामा आफ्नो टीम लागी परेको निर्माण समितीका अध्यक्ष अर्जुन बस्नेतले बताए । बस्नेतले टिम लागी पर्दा कलाकारहरुको भुमीकाले यती सम्म चर्चा र सफलता प्राप्त गर्न सकेकोमा खुसी ब्यतm गर्दे सम्मान कार्यक्रम गर्ने सोच बृद्धी भएको बताएका छन् । सिमीत श्रोत साधन र स्थानीय कलाकारहरुनै समाबेस गरेर निर्माण गर्दे आएको सिरीयलमा बिविध समस्या र चुनौतीका बावजुत पनी टिममा भएका कमि कमजोरीलाई सुधार्दे आगामी दिनमा थप उर्जाका साथ सामाजीक रुपान्तरणको बिषयमा सिरीयल अघाडी बढ्ने बस्नेतले प्रतिबद्धता जनाएको छ ।