लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरद्वारा बहिरा आवासिय विद्यालयलाई सामग्री हस्तानतरण

भोजपुर । लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरद्वारा बहिरा आधारभुत आवासिय विद्यालयलाई सामग्री हस्तानतरण गरेको छ । आज (वुधवार) भोजपुरमा रहेका १३ लघुवित्तहरुको साझा संस्था लघुवित्त कर्मचारी मिलन केन्द्रले विद्यालयलाई ईन्डक्सन चुला, फिल्टर र पानीको जार हस्तानतरण गरेको लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष दिपक आचार्यले बताए ।

उनका अनुसार संस्थाले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भोजपुर नगरपालिका वडा नंबर ९ का अध्यक्ष तथा प्रमुख अथिती राम बहादुर तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको बताए । उक्त विद्यालयका प्राध्यानध्यापक सरिता तामाङदाई सामग्री हस्तानतरण गरिएको होे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार