प्रधानमन्त्री रोजगारको प्राथमिकता : सडक सोलिङ्ग

भोजपुर । साल्पासिलिछो गाउँपालिकाको अधिकांश मुख्य र सहायक सडकहरु सोलिङ्ग गरिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७९÷८० मा प्राप्त भएको नेपाल सरकार र युवारुप बजेटबाट यहाँका सुचीकृत बेरोजगारले सडक सोलिङ्ग गरेका हुन् । पुर्वाधार विकासको मेरुदण्ड मानिएको सडक वर्षाको कारण हिलाम्मे हुने र आवातजावतमा समस्या समेत पर्ने भएकाले सडक सोलिङ्गलाई पहिलो प्राथमिकतामा राखेर आयोजना सञ्चालन गरिएको रोजगार संयोजक सरिता राईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सर्सत अनुदान मार्फत नेपाल सरकार र युवारुप शिर्षकबाट गाउँपालिकालाई प्राप्त भएको ३८ लाख सन्तानब्बे हजार रुपैंया बजेटले गाउँपालिकाको ६ वटै वडाहरुमा एकैपटक ७ वटा आयोजना सञ्चालन गरि सडक सोलिङ्ग गरिएको थियो ।

सिस्नेदेखी गोथेबजार सडक सोलिङ्ग आयोजनामा ७ जना, पुरानो गाउँ दोभाने औजनबारी आयोजनामा ११ जना, फेदी पिछुमा मातेल सडक सोलिङ्ग आयोजना ११ जना, खाटाम्मा सडक सोलिङ्ग तथा चर्पी निमार्ण आयोजनामा ११ जना, कारी ओख्रे सडक सोलिङ्ग आयोजनामा १० जना, पियोक खमारे ताल देउराली कुलुङ्ग सडक सोलिङ्ग आयोजनामा ११ जना र वुम्लिङ्ग अग्राखे घुमाउने सडक सोलिङ्ग आयोजनामा ११ जना गरी कुल ७२ जना बेरोजगारले ७२ सय दिन काम गरेर प्रत्यक्ष रुपमा रोजगारी पाएको समेत संयोजक राईले बताउनुभयो ।

बेरोजगारलाई गाउँमै रोजगारी दिने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमले देशैभरको ७५३ स्थानिय तहमा रोजगार सेवा केन्द्र मार्फत काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार