रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक

काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की  कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई 3 एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।

गीतलाई गायिका प्रसाइको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समय पछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाइले बताइन् । गितमा धोका पाएपछीको वेदना पोखिएको र अहिलेको यङगर्सहरुलाइ टार्गेट गरिएको छ ।
प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ । स्यान्डिकुमार पन्डितको छायाँकन, एसडि हाउसको सम्पादन तथा सुवास शाहको गितमा निर्देशन रहेको छ । गितमा गायिका प्रसाइको प्रेमीका रुपमा कलाकार समीप निरौला र गायिका प्रसाइले स्वयमले अभिनय गरेका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार