डाँडा गाउँ टोल विकास समतिले गर्यो लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना कार्यक्रम

दिवस श्रेष्ठ
भोजपुर । भोजपुरमा पछिल्लो समय युवापुस्ता लागूऔषधको दुर्व्यसनमा फस्दै गएको भन्दै डाँडा गाउँ टोल विकास समतिले लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना मूलक कार्यक्रम गरेको छ ।

विहिवार भोजपुर नगरपालिकामा भएको सचेतना मुलक कार्यक्रममा बढ्दो शहरीकरण, जनचेतनाको कमी, पारिवारीक वेवास्ता, कुलतमा फसेका साथिसंगीको संगतका कारण युवापुस्ता लागूऔषधमा फस्दै गएका कारण डाडाँगाउ टोल विकास समिति भोजपुरले लागु औषध दुर्व्यसन सम्वन्धि सचेतना मुलक कार्यक्रमको आयोजना गरेको डाडाँगाउ टोल विकास समितिका अध्यक्ष दिलमान राईले बताए ।

शहरी क्षेत्रका युवाहरु र विद्यालयमा अध्यायन गरिरहेका विद्यार्थीहरु समेत लुकीछिपी दुर्व्यसनतर्फ उन्मुख भएकाले भोजपुर सदरमुकाममा रहेको सरकारी तथा निजी विद्यालयहरुलाई उक्त सचेतना दिएको हो ।

लागु औषध तथा मदिरा दुर्व्यसन नियन्त्रणमा खैरो हिरोईनमा ४ वटा मुद्धामा ९ जनालाई पक्राउ गरेको ३ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए । उनले गाजामा २ वटा मुद्धामा २ जना पक्राउ र १ जना फरार रहेको वताउदै गत आर्थिक वर्षमा २ सय ७६ रोपनीमा लगाईएको गाजा फडानी समेत गरेको बताए ।

उनका अनुसार दुव्र्यसनीमा फसेकाहरुले लगाएको कपडाबाट बेग्लै किसिमको गन्ध आउनु, खल्तीमा कोठामा चुरोट लाईटर सलाई मैन बत्ती चम्चा झिल झिले कागज भेटिनु, एक्लोपना रुचाउनु वोलीचाली कम गर्नु, खानामा रुची नहुनु, धेरै जसो एकान्त र घर वाहिरा वस्न खोज्नु प्रयोग कर्तामा लक्षण देखिने बताए ।

यस्तै लागूऔषधमा नफस्न प्रहरीले समुदायमा केन्द्रित १ सय ४३ वटा र विद्यालयमा केन्द्रित ३८ वटा सचेतना मुलक कार्यक्र गरेको प्रहरीको भनाई छ । विहिवार भएको सचेतना मुलका कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ राई, विषेष अतिथि भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे लगायत भोजपुरका सरकारी तथा निजी विद्यालयहरुको प्रध्यानध्यापकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार