बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

काठमाडौं । बलात्कारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको छ । एक युवतीलाई पटकपटक यौन दु्र्व्यवहार गरेको आरोपमा पोखरेल पक्राउ परेका हुन् ।

घरमै काम गर्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेसँगै पोखरेल आयोजनाको कार्यालयबाटै फरार रहेका थिए । पोखरेलविरुद्ध पीडितले साउन ५ गते जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्ताको ३ दिन पछि उनीविरुद्ध पक्राउ पुर्जी त भयो तर उच्च अदालत पाटनले पोखरेललाई पक्राउ नगर्नू भन्दै साउन ५ मै अन्तरिम आदेश दिएको थियो ।

यता अदालतबाट पक्राउ गर्ने अनुमति पाइसकेको हुनाले जबर्जस्ती करणी मुद्दाअन्तर्गत आजै निर्देशक पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार