चार दिन देखि परेकाे अविरल बर्षाले बुढागाउँमा एक घर भत्किए

जाजरकोट । चार दिन देखि परेकाे अविरल बर्षाले बारेकाेट गाउँपालिका ३ बुढागाउँमा एक घर भत्किएको छ । आज बिहान ६:४० बजेकाे समयमा गाेपाल गिरीकाे घर भत्किएको हाे ।

घर भत्किदा मानवीय क्षति भने नभएकाे र घरमा रहेकाे अन्नपात सबै सबै नष्ट भएकाे बारेकाेट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले जानकारी दिए ।

घरमुली गाेपाल गिरी र उनकी श्रीमती हाल कामकाे सिलसिलामा भारत हुनुहुन्छ । घरमा उनकी दुई छाेरी मात्रै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार