![](https://ujyaalopress.com/wp-content/uploads/2023/08/12723256923940559068.jpg)
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका विनोद तोलांगीको आज मृत्यु भएको हो ।
कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण लगतै उनीहरुलाई कारागारमा भित्र राखिएको केहीबेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।