निगुरो टिप्न जङगल गएका वेला पहिरोमा बेपता भएका तामाङको शव भेटियो

भोजपुर । भोजपुर नगरपालिका २, हेलौछामा पहिरोमा परेर बेपत्ता भएका स्थानीय पासाङ तामाङ मृत फेला परेका छन् । विहिबार निगुरो टिप्न झ्यालसिङे जङगल गएका स्थानीय ४७ वर्षीय तामाङ पहिरो परेर वेपत्ता भएका थिए ।

ठुलो पहिरोमा परेर वेपत्ता भएका तामाङको विहिवारबाट नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखिएका थिए । खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सह सेनानी, संजिव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृत अवस्थामा फेला परेका हुन् ।

मृतक तामाङको शवलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । परिवारसँग निगुरो टिप्न गएका तामाङलाई विहिवार विहान १० बजे सडक भन्दा करिव दुई सय मिटर माथीबाट आएको पहिरोले पुरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार