काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो दुर्घटना ११ घाईते ३ जना गम्भीर (नाम सहित)

भोजपुर । काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् ।

गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ जिल्ला सुन्दरहरैचा ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाईते भएका छन् । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको ट्राफिक प्रहरी सुरज मगरले जानकारी दिए ।

यस्तै घाईते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नं. ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० को नविन राई, भोजपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४४ का पुर्ण प्रधान, सोहि ठाउँ बस्ने वर्ष १९ कि सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २५ को सुनिल प्रधान सामान्य घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार