भोजपुरमा वुलेरो दुर्घटनामा गम्भीर घाईते भएका २ जनालाई घोपा धरान रेफर गरियो

भोजपुर । भोजपुरमा वुलेरो दुर्घटनामा गम्भीर घाईते भएका भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ५ वस्ने वर्ष २४ का निशान राई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर गरिएको छ ।

अन्य ९ जनाको भने जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । आज दिउसो ४ वजे काठमाडौँबाट भोजपुर आउदै गरेको १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई टेम्केमैयुङ गाउँपालिका २ छिनामखुको सिर्दलीमा दुर्घटना हुदा दुर्घटना हुदा ११ जना घाईते भएका थिए ।

वुलेरो सडकबाट २० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार