भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गरिएको गट ट्यालेन्टको पहिलो प्रतियोगिता सम्पन्न

भोजपुर । भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गट ट्यालेन्ट प्रतियोगिता गरिएको छ । कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारीता क्षेत्रमा आउन चाहानेहरुका लागि गट ट्यालेन्ट नाम दिएर नृत्य र गायन प्रतियोगीता आयोजना गरिएको डाइमण्ड डान्स क्रुका संचालक शुसन घिमिरेले बताए ।

उक्त प्रतियोगिता भोजपुर फिल्मस प्रा. लि. र डाइमण्ड डान्स क्रुको सन्युक्त आयोजनामा  भोजपुर नगरपालिका वडा नं. ७ मा रहेको सगरमाथा वोर्डिङ स्कुलमा भएको पहिलो चरणको नगरपालिका स्तरीय प्रतियोगितामा ६५ जना सहभागी मध्ये २२ जना कलाकारहरु छनोट भएको घिमिरेले जानकारी दिए ।

छनोट हुनेमा निश्मा श्रेष्ठ, उमेश राई, गंगा विक, रन्जना तामाङ, मनी तामाङ, विमल श्रेष्ठ, कृष्मा राई लगायत २२ जना कलाकार छनोट भएका हुन् । उक्त प्रतियोगीतामा नृत्यको निर्णायकको भुमिकामा जीत तामाङ र विनो प्रधान रहेका थिए भने गायन तर्फको निर्णायकमा नविन पराजुली र दिवस श्रेष्ठ रहेका थिए ।

वाकी रहेका पालिकाहरुको कार्यक्रम चाडै सार्वजनीक गर्ने र उक्त पहिलो चरणको छनोट कार्यक्रम सकिए पश्चात ५ चरणमा कार्यक्रम गरी सम्मन्न गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रोलाई ट्रफी, मेडल र प्रमान पत्र सहित नगत पुरस्कार समेत पाउनेछन् भने नृत्य र गायन १ वर्ष निशुल्क सिक्न पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार