वर्षाले सडक विगारेपछि टेम्केमैयुङ गाउँपालिका २ छिनामखुवासी श्रमदान मार्फत सडक मर्मतमा जुट्दै

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुवासीले श्रमदान मार्फत ४ किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको पहल र छिनामखु सरोकार समाजको अग्रसरमा वडामा रहेको ८.५ किलोमिटर सडक मर्फत गर्ने उद्धेश्यका साथ हप्ताको शुक्रबार र शनीवार श्रमदान मार्फत सडकम मर्मतमा वडावासीहरु जुटेका हुन् ।

भदौ १ गतेबाट श्रमदान मार्फत पातेसुङ चोकबाट, तिस्मुरे, थालाखाम, देविस्थान हुदै हिटिधार सम्म ४ किलोमिटर सडक मर्मत गरेका छन् । १ गतेबाट थालिएको श्रमदान अभियान छुकालुङ, याङचुङ्टार हुदै चोडिलासम्म ८ किलोमिटर सडक मर्मत गरिने स्थानीय प्रदिप राईले जानकारी दिए । वडा भित्रको वाटो विग्रीएर यातायात आवत जावतमा समस्या भएपछिस श्रमदान मार्फत सडक मर्मत गर्न थालिएको राइैले बताए । जनप्रतिनिधि र वडावासीहरुले सडक मर्मत तथा सरसफाई श्रमदान मार्फत थालेका हुन् । स्थानीहरुको सक्रियतामा भएको सडक सरसफाई तथा मर्मतमा हप्ताको शुक्रवार र शनीवार एक घर एक जना उपस्थित भई गर्दै आएको उनको भनाई छ ।

आफ्नो गाउँ आफै बनाऔँ भन्ने उद्धेश्यका साथ वाडावासीहरु सडक मर्मतमा स्वतस्फूर्त रुपमा लागेको बताउदै यसरी नै लागी पर्ने हो भने गाउँको सानातिना विकासका काम गर्न सरकारको मुख र वजेट ताकि रहनु नपर्ने जिल्ला समन्वय समिति भोजपुरका सदस्य जीवन राईले बताए । उक्त अभियानमा सडकको नाली भएको ठाउँमा नाली सफा गर्ने नभएको ठाउँमा नाली काट्ने, सडकमा रहेका खाल्डाखुल्टी पुर्ने, सडकका आसपासमा पलाएका झाडी फार्ने लगाएतको काम गरेको राईले बताए ।

छिनामखुवासीहरुले गरेको उक्त सडक मर्मत अभियानलाई यो वर्ष मात्र नभएर अव आउने वर्षहरुमा पनि सवै वडावासी स्वतस्फूर्त रुपमा लाग्नु पर्ने छिनामखु सरोकार समाजका कोषध्याक्ष तथा स्थानीय चन्न्रमा प्रधानले बताईन् ।

आफ्नो ठाउँ वनाउँनका लागि सवै एक जुट भएर लाग्नु पने साप्तेन प्राथामिक विद्यालयका प्रधानध्यापक जंगनाथ राईले बताए । सडकको मर्मतमा स्थानीय सकृय भएर लागेपछि अहिले आवत जावतमा सहज हुन थालेको छ । वर्षातको कारण वडा भित्रका विभिन्न ठाउँका सडकमा क्षति पुगेका पछि सहज आवत जावतको लागि सडक मर्मत गर्न थालिएको स्थानीयहरुले जनाएका छन् । वडाले थालेको अभियानमा स्थानीयले उत्साहजनक रुपमा श्रमदान गरेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार