कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा।कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार यस्तो परमादेश जारी गरेको हो । साथै अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश दिएको छ ।

अदालते संविधानको धारा १६८ ९३० अनुसार सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । थापा २१ असारमा संविधानको धारा १६८९२० अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च पुगेका थिए । उनले थापाले प्रदेश सभाबाट पाएको विश्वासको मत खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश मागेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार