भोजपुर क्याम्पसमा वि. पी. को ११० औं जन्म जयन्तीको अवसरमा नेविसंघकाे वक्तित्वकला प्रतियोगिता सम्पन्न

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा वि. पी. कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ प्रतियाेगिता सम्पन्न भएको छ । नेपाल विधार्थी संघ क्याम्पस ईकाई कार्य समितिद्वारा आयोजीत वक्तित्वकला प्रतियोगितामा प्रतिमा पाण्डे प्रथम भएकी छिन् ।

लक्ष्मी राई दोस्रो, भुपाल पाण्डे र गणेश लुईटेल तेसो भएको क्याम्पस ईकाई कार्य समिति सभापति अशोक कुमार कार्कीले जानकारी दिए । आइतवार भएको वक्तित्वकला प्रतियोगितामा जम्मा १७ जना सहभागी भएका थिए भने डा. पर्वत कुमार राई, प्रध्यापक खगेन्द्र राई र प्रध्यापक सुरेन्द्र कार्कीले निर्णायकको भुमिका निर्भाह गरेको कार्कीले बताए । प्रथम हुनेलाई नगत रु २००० दोस्रोलाई १५०० र तेस्रोलाई १००० साथमा प्रमाणपत्र समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

अशोक कुमार कार्की को सभापतित्वमा भएको उक्त वक्तित्वकला प्रतियोगिता कोशी प्रदेशका सांसद तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति माननीय विनोद बान्तवाको प्रमुख आतिथ्यता भएको थियो भने विशेष अतिथि भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले र क्याम्पस प्रमुख भुलनाथ राई रहेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार