संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग सम्वोधन नभएको भन्दै विरोध

शारदा तामा

भोजपुर । भोजपुरमा नगरपालिकाका कर्मचारीहरुले संघिय निजामती सेवा ऐन स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हित विपरित रहेकोे भन्दै विरोध जनाएका छन् ।
आज (आईतवार) हातमा कालोपट्टी बाधेर काम गर्दै नगरपालिकाका कर्मचारीहरुले विरोध जनाएका हुन् । नगरपालिकाका लेखा अधिकृत मुकुन्द राईको संयोजकत्वमा ११ सदस्य नगरस्तरीय हकहित समन्व्य मन्च समेत गठन गरिएको छ ।

संघिय निजामती सेवा ऐन संसदमा दर्ता हुन लागेकाले आफ्ना मागहरु समावेश गरी तत्काल ऐन जारी गर्न दबावमुलक विरोध गरिएको संयोजक तथा भोजपुर नगरपालिकाका लेखा अधिकृत मुकुन्द राईले बताए  ।
कार्यालयमा सेवाग्राहीको काम प्रभावित नहुने गरी माग पुरा नभए सम्म निरन्तर रुपमा विरोध कार्यक्रम जारी रहने संयोजक राईले  जानकारी दिए ।
कर्मचारीहरुले संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन २०८० जारी गरिनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामती परिभाषा भित्र स्थानीय तहको कर्मचारीहरुलाई समेत समेटिनु पर्ने माग गरेको छ ।
यस्तै विना सहमती ७ सय ५३ वटै स्थानीय तहमा चक्रिय प्रणलीमा सरुवा गरिनु पर्ने, तीनै तहका कर्मचारीलाई समान वृद्धि विकासको व्यवस्था गरिनु पर्ने लगायत ११ बुदे माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार