भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना, एक जना घाइते

भोजपुर । भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना भएको छ । अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको माझिटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना हुदा उम्वुलेन्समा सवार पौवादुङमा गाउँपालिका ३ बस्ने वर्ष २५ को पदम खत्री घाईते भएका छन् ।

घाईते पदम खत्रीलाई भोजपुरबाट धरान जादै गरेको एम्वुलेन्समा धरान पठाईएको जनाईएको छ । घाईते खत्रीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रहरी निरिक्षक प्रभु खत्रीले बताए ।

पौवादुङमा गाउँपालिकाबाट विरामी वोकेर धरान जादै गरेको को १ झ ६६३ नम्बरको उम्वुलेन्स र धरानबाट आउदै गरेको को १ ज ३१६२ नम्बरको वोलेरो ठोकीदा दुर्घटना भएको हो ।

उम्वुलेनसमा विरामी सहित ३ जना सवार थिए भने वोलेरोमा ७ जना सवार रहेको प्रहरी निरिक्षक खत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार