भोजपुरको पाँच स्थानीय तहमा सकियो गट ट्यालेन्ट गायन र नृत्य प्रतियोगिताको छनोट 

भोजपुर । भोजपुरको पाँच स्थानीय तहमा सकियो गट ट्यालेन्ट गायन र नृत्य प्रतियोगिताको छनोट प्रकृया सम्पन्न् भएको छ । भोजपुरको भाजपुर नगरपालिका टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा प्रतियोगिता गरी उृत्कृष्ण कलाकार छनौट गरि पाँच स्थानीय तहमा छनोट सकिएको डाइमण्ड डान्स क्रु सेन्टरका संचालक सुशन घिमिरेले जानकारी दिए ।

घिमिरेले भोजपुरमा लुकेर रहेको प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टर भोजपुरको संयुक्त आयोजनामा अहिले पहिलो चरणमा पालिका स्तरीय प्रतियोगिताहरु संचालन भई रहेको बताए ।

पाँच सथनीय तहमा भएको प्रतियोगीतामा भोजपुर नगरपालिकामा ६५ जनामा २२, टेम्केमैयुङमा २८ जनामा ११, हतुवागढीमा ३५ जनामा १६, पौवादुङमा २२ जनामा ११ र अरुण गाउँपालिकामा ३४ जनामा १८ जना प्रतिभा पहिचान अन्तर्गत छनौट भएका उनले बताए ।

उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रोलाई ट्रफी, मेडल र प्रमान पत्र सहित नगत पुरस्कार समेत पाउनेछन् भने नृत्य र गायन १ वर्ष निशुल्क सिक्न पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार