बझाङमा भुकम्पमा परी २ जना घाईते, राजमार्ग अवरुद्ध

काठमाण्डौं ।  बझाङ मंगलबार दिउँसो गएको दुई पटकको भूकम्पका कारण दुई जना घाइते भएका छन् । छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरतबहादुर शाहले बताए। भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएका छन्।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको छ । भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको हो ।

परकम्प आउने क्रम जारी छ। सडक खुलाउन सकिएको छैन। सडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको तर, काम सुरु गर्न नपाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार