सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि तुफान किराँत र राजकुमार श्रेष्ठको टिम प्रतिश्पर्धा गर्दै

भोजपुर । भोजपुरमा संचालील सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि भोली निर्वाचन हुदै छ । भोजपुरको खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वका लागि तुफान किराँत र राजकुमार श्रेष्ठ आ आफ्नो समुह बनाएर चुनावी मैदानमा होमिएका छन् ।

तुफान किराँतको समुहबाट उपाध्यक्षमा लिलामाया तामाङ, सचिव सुदीप कार्की, कोषाध्यक्ष कृष्णमाया तामाङ, खुल्ला सदस्यमा नारायणबहादुर कार्की, डम्बर कुमार श्रेष्ठ, महिला सदस्य लक्ष्मी कुमारी खत्री, जनजाति सदस्य कल्पना देवी तामाङ र दलित सदस्यमा देवी सुन्दास रहेका छन् भने राजकुमार श्रेष्ठको तर्फबाट उपाध्यक्षमा निर्मला राई, सचिव घमचन्द्र दाहाल, कोषाध्यक्ष कृष्ण कुमारी बिश्वकर्मा, खुल्ला सदस्यमा चित्रबहादुर प्रधान, रमन राई, महिला सदस्य सुशिला तामाङ, जनजाति सदस्य दीपबहादुर श्रेष्ठ र दलित सदस्यमा दुर्गा रणपहेली प्रतीस्पर्धामा उत्रिएका छन् ।

भोली हुनु निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको निर्वाचन संयोजक भिषण श्रेष्ठले जानकारी दिए । यस्तै भोली हुने मतदान स्थलको भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे र प्रहरी नायव उपरिक्षक सुदिप राज पाठकले अनुगमन समेत गरेका छन् ।

भोली नयाँ समिति चयनका लागि सिलिचुङ खानेपानि मुल उपभोक्ता समितिको कार्यालयको परिषरमा विहान ८ वजेबाट मतदान सुरु हुने छ । भोजपुरमा भोजपुर नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८, ९ र १२ गरी छ वटा वडाका दुई हजार दुई सय घरधुरीले सिलिचुङबाट बितरित पानी उपयोग गर्दे आई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार