कांग्रेसले कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।  कोशीमा संविधानको धारा १६८ को ५ अनुसार सरकार बनाउन शुक्रबारसम्म नाम दिनुपर्नेछ । यसअघि चार सरकार गठन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार