भोजपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको एक दिने अभिकर्ता तालिम सम्पन्न

भोजपुर । भोजपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन विमा सम्बन्धी आधारभुत अभिकर्तालाई एक दिने तालिम सम्पन्न गरेको छ ।

आज जिल्ला सदरमुकाम स्थित होटल भिन्तुनामा अभिकर्ताहरुको भेला गरी १ दिने तालिम सञ्चालन भएको हो । प्रदेश प्रमुख महेश निरौलाले गार्डियन माइक्रो लाइफले साना विमित, गरिब तथा तल्लो स्तरका स्थानीय तथा ठुला विमा कम्पनीको पहुच भन्दा बाहिर रहेका स्थानीयहरुलाई जीवन विमाको पहुचमा ल्याउने उदेश्यले इन्स्योरेन्स सञ्चालन भएको बताउनुभयो ।

साथै उहाले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स भर्खर स्थापना भएकाले क्षेत्र विस्तार तथा शाखा कार्यालयहरु देश व्यापी रुपमा विस्तार हुने चरणमा रहेको समेत उल्लेख गर्नुभयो । आधारभुत अभिकर्ता तालिममा जिल्ला स्थीत स्थानीय अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार