भोजपुरमा अलैँची, सुन्तला प्रसोधन तथा वजारीकरण सम्बन्धी अन्त्तरक्रिया सम्पन्न

भोजपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई भोजपुरले अलैँची र सून्तला प्रसोधन तथा वजारीकरण सम्बन्धी अन्त्तरक्रिया सम्पन्न गरेको छ ।

बुधवार कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा जिल्ला सम्न्वय उप प्रमुख अनिशा खड्को अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा भोजपुरमा अलैँचीलाई प्याकेजिङ गरेर स्थानीय वजारहरुमा विक्रि वितरण गर्ने साथै अलैचीलाई औषधि तथा विभिन्न खानामा प्रयोग गरिने मसलाको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भनी सरोकारवाला निकायहरुले प्रचार प्रसारमा सहयोग गर्ने निर्णय गरिएको छ ।

साथै स्थानीय वाली अलैँचीलाई स्थानीय व्यावसायी तथा कृषकहरु मिलि प्याकेजिङ, ग्रेडिङ, लेवलीङगर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई र उद्योग वाणिज्य संघको समन्वयमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अनिशा खड्काले भोजपुुरलाई कृषि क्षेत्रमा अगाडी बढाउदै वाहिराबाट आयत हुने वस्तुलाई कम गर्दै लैजानु पर्ने बताएकी छिन् । खड्काले स्थानीय स्तरमै व्यावसायीक उत्पादन गर्न सके आयत आफै घट्मे समेत बताईन ।

यस्तै उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले भोजपुरमा कृषक व्यावसायी उद्यमी भै नसकेकोअवस्था रहेको बताए । किसानले उव्जाएको वाली विचौलियाको कारण उचित मूल्य नपाएको बताउदै आफुले उत्पादन गरेको बस्तुको मूल्य पाउन र सधै एकरुपता राख्न किसान एक भएर लाग्नु पर्ने समेत बताए ।
कृष्कहरुले आवश्यक तालिम र विषाधि, मल र पानिको प्रयोग कुन वेला कसरी गर्ने जस्ता सिप तालिम मार्फत दिन आग्रह गरेका छन् ।

भोजपुरका अलैँची कृषक आधुनिकीकरणबाट नभई पौराणिक तवरबाटै खेती गदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईका कार्यालय प्रमुख नवराज गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार