माओवादीका इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङबोको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले आङबोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था भएपछि गत शनिबार राजीनामा दिएका थिए । यससँगै कोशीमा कुनै दलको स्पष्ट बहुमत नआएका कारण मिलिजुली सरकार र सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्थाको अभ्यास असफल भएको थियो ।

सोही कारण गत शनिबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले  संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । उपधारा ५ मा सभाको बहुमत प्राप्त गर्ने सक्ने व्यक्ति मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी गर्न दिएको म्याद शुक्रबार सकिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार