क्याम्पसले तोडेको ताला प्रध्यापकहरुले पुनः लगाए

भोजपुर । भोजपुर वहुमुखी क्याम्पस भोजपुरमा कार्यरत प्रध्यापकहरुले क्याम्पसले तोडेको ताला प्रध्यापकहरुले पुनः लगाएका छन् । क्याम्पस प्रसाशन र प्रहरीले परिक्षको प्रश्नपत्र कार्यकक्षामै थुनिएको भन्दै तोडेको ताला प्रध्यापकहरुले पुःन लगाएका हुन् ।

शुक्रबार विहान ताला लगाउन भन्दा पहिला क्याम्पस प्रमुखको कार्यकक्षमा भएका आवश्यक कागजात भए झिक्न अनुरोध गरे पनि क्याम्पस प्रमुखले नझिके पछि ताला लगाईएको प्रजातन्त्रवादी प्रध्यापक संघ इकाई समिति भोजपुरका सभापति वेनुबहादुर कार्कीले बताए ।

क्याम्पस प्रमुख र प्रहरीले प्रश्न पत्र झिक्न तोडिएको ताला उक्त प्रश्न पत्र निकाले पछि पुःन ताला लगाईएको कार्कीले बताए । प्रध्यापक र कर्मचारीहरुको तलवको विषयमा राखेको माग पुर्ण रुपमा सम्वोधन नभएसम्म ताला नखोल्ने नेपाल राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राईले बताए ।

प्रध्यापक र कर्मचारीले दशै भत्ता सहित तलव नपाएको भन्दै प्रजातन्त्रवादी प्रध्यापक संघ इकाई समिति भोजपुरका सभापति वेनुबहादुर कार्की र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राईको संयुक्र हस्तक्षेरित विज्ञनप्ती जरी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । संघ, संगठनले लगाएको ताला क्याम्पसले तोडेपछि पुःन ताला लगाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार