छिनामखुमा जारी पुरुष तथा महिला फुटवल प्रतियोगितामा ७ टिम क्वाटर फाईनलमा प्रवेश

भोजपुर । भोजपुरको छिनामखुमा जारी पुरुष तथा महिला फुटवल प्रतियोगितामा पुरुष तर्फका ७ टिम क्वाटर फाईनलमा प्रवेश गरेका छन् भने ७ टिम खेलवाट वाहिरीएका छन् ।

क्वाटर फाईनलमा प्रवेश गर्नेमा छिनामखु सरोकार समाज, पौवदुङमा फुटबल क्लब, राइजिङ युथ क्लब दिक्तेल, कोदार फुटवल क्लव, भैसिपंख फुटबल क्लब, कोट फुटबल क्लब, देउराली फुटबल क्लब रहेका छन् । पहिलो चरणको अन्तिम खेल वादुङ्ला फुटबल क्लब र बादुङ फुटबल क्लब विच हुने भएको छ ।

उक्त खेल पछि दोस्रो चरणको क्वाटरफाईनल खेल हुने छिनामखु युवा समाजका सचिव सायद श्रेष्ठले जानकारी दिए । उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार ११ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै महिला तर्फ प्रथम हुने टिमले २५ हजार ५सय २५ र दोस्रो हुनेले १५ हजार १ सय १५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिनामखु युवा समाजका अध्यक्ष रुवालुङ राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार