टेम्केमैयुङ गाउँपालिका ४ नागीमा शैक्षिक गुणस्तर सुधारका लागि ईसीडीका शिक्षकलाई तालिम

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ नागीमा शैक्षिक गुणस्तर सुधारका लागि ईसीडी कक्षाका शिक्षकलाई तालिम दिएको छ ।

सामुदायिक विद्यालयको खस्किदो गुणस्तर सुधारको लागि वडाले वजेट विनियोज गरी शैक्षिक सुधारका लागि तालिम आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष हर्कराज राईले बताए ।

अध्यक्ष राईले गाउँकै शिक्षक गाउँकै अभिभावकलाई मुहान सफाइ अभियान कार्यक्रम अन्र्तगत वडा कार्यालयले साकेला टेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा तालिम दिएको बताए ।

गाउँपालिका भरिमा पहिलो पल्ट अभिभावक शिक्षक कार्यक्रम आयोजना गरेको र यस कार्यक्रमले शैशिक्ष सुधार ल्याउने समेत वडाअध्यक्ष हर्कराज राईले दावि गरे ।

तालिम साकेला टेक्निकल एकेडेमीका सालिक राइले पदिएका छन् । वडाले आयोजना गरेको तालिममा वडा नं. ४ नागीका शिक्षक, अभिभावकहरुलाई अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको वडाले जनाएको छ । तालिम १४ गतेदेखि १८ गते सम्म सञ्चालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार