कुवापनी कृषक समूह डाँडाबोखिमको आयोजनामा संचालित भलिबल प्रतीयोगीताको उपाधी याङपाङलाई

प्रमित सिप्तुङ 

भोजपुर । श्री कुवापनी कृषक समूह भोजपुर नगरपालिका एक डाँडा बोखिमको आयोजनामा संचालित खुला वडा स्तरिय पुरुष भलिबल प्रतीयोगीताको उपाधी अरुण गाउँपालिका एक याङपाङले हात पारेको छ ।
दसैं तिहारको अवसरमा नगरपालिका एक कुवापानी स्थित खेल मैदानमा आयोजित आईतबार भएको फाइनल खेलमा आयोजक टिम डाँडाबोखिम लाई हराउँदै याम्पाङले उपाधि हात पारेको हो । जम्मा १२ टीम सहभागी रहेको खेलमा आयोजक डाँडाबोखिम दोश्रो र षडानन्द नगरपालिका १४ पित्तिमले तेस्रो स्थान जित हात पारेको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद रु पन्द्र हजार ट्रफी मेडल र प्रमाणपत्र,दोस्रो हुने टिमले दश हजार मेडल र प्रमाणपत्र सगै तेस्रो हुने टीमले चार हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् ।

फाइनल खेल प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी भोजपुर नगरपालिका वडा नम्बर एक का अध्यक्ष जीरामणी राईले जहाँ युवा जमात खेलकुदमा सक्रिय छन् त्यहाँ लागू पदार्थ दुर्व्यसन न्यून रहेको कुरा कुरा बताए ।
अध्यक्ष राईले कार्यक्रको समापनमा बोल्दै खेलकुद क्षेत्रमा वडाले विभिन्न कार्यक्रमको निम्ति बजेट विनियोजन गरिरहेको र आगामी दिनमा पनि यस्ता खेल सगै युवा लक्षित कार्यक्रम लाई जोड दिने बताए ।
उक्त प्रतियगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानिय समाज सेवी तथा बुद्धिजीवीहरू दान बहादुर राना मगर , रामकुमार राई, प्रवचन रानामगर, विक्रम घले मगर,धिराज राना मगर, गोपाल आले मगर लगायत प्रति आयोजकले धन्यवाद साथै आभार प्रकट गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार