अज्ञात समूहद्वारा पौवादुङमा १ श्यामशिलाको वडा कार्यालयमा तोडफोड

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. १ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । गतराती कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालय भित्रको सामग्री तोडफोट भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।

कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याल लगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । कार्यालयमा एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको वडाध्यक्ष तामाङको भनाइ छ ।

वडा कार्यालय तोडफोड कस्ले र किन गर्यो भनेर अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक विशाल लिम्वुले बताए । तोडफेडको विषयमा अनुसन्धान भैरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार