गाउँ घरमा लोप हुँदै रोटेपिङ, स्थानीयको सक्रियतामा संस्कृती जर्गेना गर्न रोटेपिङ लगाईयो

प्रमित सिप्तुङ राई

भोजपुर । नेपाली संस्कृति विश्वको सब भन्दा पुरानो संस्कृति हो, जुन झण्डै हजारौं बर्ष पुरानो हो । नेपाली संस्कृति पहिलो र ठूलो संस्कृति मानिन्छ । “विविधतामा एकता“ भन्ने अभिव्यक्ति यहाँ सामान्य छ । नेपाल एक विविध देश हो जहाँ बिभिन्न धर्मका मानिसहरु शान्तिपूर्वक आफ्नो संस्कृति र परम्परा संगै बस्छन्।

विभिन्न धर्मका मानिसहरुको आफ्नै भाषा, संस्कृति, चाल चलन रितीवाज, खानपान, आदि छ, तैपनि तिनीहरू एकतामा बस्छन् । नेपाली संस्कृति विश्व भर मा धेरै प्रसिद्ध छ । यो विश्व को एक धेरै रोचक र प्राचीन संस्कृति को रूप मा देखीन्छ । बिभिन्न धर्म, परम्परा, भेसभुषा यही कारणले नेपाल सु सजीत छ । तर पछील्लो समय परिवर्तनले आधुनिक प्रविधीको  बिभीन्न बिकास सँगै नेपालीहरुले आफ्नो सांस्कृतिक मूल्य मान्यता र परम्परासँग जोडिन छाडी सकेका छन् ।

नेपालीको महान पर्ब दसै तीहार पनी अहिले आधुनीकताले गर्दा खासै रौनक देखीदैन, हुन त आजकाल पनि दशैं तिहार नआउने हैन तर, आजकालको दशैंमा त्यो खुसी भेट्टाउन सकिदैन अहिलेको चाडपर्बहरु पहीलेको भन्दा बिल्कुल फरक लाग्छ । यसैबिच बिभीन्न सामाजीक संञ्जाल फेसबुक, ट्वीटर, टीकटक, भाईबर , युटुब, आदीका कारण मानीसहरु आफ्नो संस्कृतीलाई भुल्दै आएको बेला भोजपुर नगरपालीका वडा नम्बर १ डाँडाबोखीममा भने वडाध्यक्ष जिरामणी राईको पहलमा दसै तिहारमा लगाईने पुरानो परम्परालाई कायम राख्न रोटे पिङ लगाउने कार्य भएको छ ।

विगतमा ग्रामीण क्षेत्रहरुमा लोकप्रिय काठ बाट बनेको रोटे पिङ आजभोलि खासै देखिँदैनन् । बढ्दो प्रबीधीको बिकास सँगै सहरीकरण र गाउँमा युवा नहुँदा रोटे पिङ लोप हुदै गएको बेला भोजपुर नगरपालिका–१ डाँडाबोखिममा स्थानीयले रोटे पिङ हालेका छन । बढ्दो प्रबीधी तथा अन्य क्षणीक सुखको नीम्ती जस्तो सुकै दुख भएपनी युवाहरु सहर बस्न रुचाउने र गाउँ सुन्य हुने खतरा बढेसँगै गाउँको पुरानो संस्कृती र गाउँको रौनकलनैे युवाहरु माझ गाउँ आकर्सणको केन्द्र बनाउने उदेश्यले रोटे पिङ लगाईएको अध्यक्ष राईले बताए ।

गाउँमा पिङ नहालेको करीब ३० वर्ष भइसकेको बेला रोटे पिङ बनाउने सिप भएको मानीसनै लोप भई सकेका रहेछन् । गाउमा ६० बर्षिय धनप्रसाद राई सँग मात्र यो कला जिवीत रहेछ र उहाँको नेतृत्वमा सबै गाउँलेहरु मिलेर पिङ लगाईएको अध्यक्ष राईले भने । लगातार गाउँलेहरुले ३ दिन श्रमदान गरी संस्कृति संरक्षणको नीम्ती लगाईएको पिङको कारण सामाजिक काममा सबैको सहमती र एकताको भाव समते उजागर गरेको छ ।

साबिक ४ वटा वडाहरुको संलग्नतामा निर्माण गरीएको पिङ सखुवा (साल) को काठ प्रयोग गरिएको हुनाले निकै मजबुत हुने र पिङ ८–१० वर्ष टिक्ने भएकोले दसैंतिहार सकिएपछि निकालेर सुरक्षित स्थानमा राखि अर्को वर्ष त्यही पिङलाई प्रयोगमा ल्याउने योजना छ । यस कार्यले पुराना संस्कृतीको जगेर्नात छदैँछ, यो सँगै गाउँका युवाहरुमा सामुहीक काममा एकबद्ध भई लाग्न, र आफ्नो गाउँ आफै बनाउ भन्ने भावप्रती उत्साहित देखीन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार