प्रध्यापकहरुको माग पुरा हुदा पनि क्याम्पस प्रशासनमा लगाईएको ताला खोलीएन

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा प्रजातान्त्रवादी प्रध्यापक संघ र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले प्रध्यापक र कक्याम्पसमा कार्यरत कर्मचारीहरुले तलव र चाडपर्व भत्ता नपाएको भन्दै लगाएको ताला माग पुरा भएपछि पनि खोलिएको छैन ।

प्रध्यापकहरुले तलवको माग राख्दै क्याम्पस प्रशासनमा लगाएको ताला प्रध्यापकहरुले पाउनुपर्ने शत प्रतिशत तलव भत्ता पाए पछि पनि ताला नखोलेको भन्दै क्याम्पस प्रशासनले प्रेस विज्ञनप्ती निकालेको छ ।

क्याम्पस प्रमुख भुलनाथ राईद्धरा हस्तछेरीत विज्ञाप्तीमा २०८०÷०७÷२१ गते नै प्रध्यापक र कर्मचारीहरुको वाँकी रहेको तलब भत्ता वैक खाता मार्फत उपलब्ध गराईसकेको उल्लेख गरिएको छ ।

प्रध्यापकहरुको माग पुरा भए पछि निःशर्त तालाबन्दी खोली क्याम्पसको वातावरण सामान्य बनाउन सहयोग गर्नु पर्ने हो तर ताला बन्द गर्ने प्रध्यापकहरु सम्पर्क विहिन भई उल्टै गैर जिम्मेवार भएको क्याम्पस प्रमुख भुलनाथ राईले बताए ।

प्रमुख राईले विज्ञाप्ती मार्फत क्याम्पस प्रशासनमा लागेको ताला नखुलिन्जेल सम्म क्याम्पसबाट प्रदान गरिने सेवा प्रभावित हुने समेत जानकारी गराएका छन् ।

यता तलव भत्ताको माग राख्दै प्रशासनमा ताला लगाएका आन्दोलनरत प्रध्यापकहरुसंग माग पुरा भएपछि प्रशासनमा लगाईएको ताला किन नखोलीको भनी सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेन ।  प्रध्यापकहरुले असोज २६ गते क्याम्पस प्रशासनमा ताला लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार